दफा २९
मूल ऐनको दफा ५० मा संशोधनः
मूल ऐनको दफा ५० मा देहायको उपदफा (५) थपिएको छः–“(५) उपदफा (४) बमोजिम खडा गरिएको दर्ता किताबमा कम्पनीले उपदफा (२) र (३) बमोजिम सूचना प्राप्त भएको सातदिनभित्र आधारभूत शेयरधनीको विवरण अद्यावधिक गरी सोको प्रमाणित प्रतिलिपी जानकारीतथा अभिलेखकालागि पन्ध्रदिनभित्र कार्यालयमा पेश गर्नु पर्नेछ ।