दफा ३५
मूल ऐनको दफा ६७ मा संशोधनः

मूल ऐनको दफा ६७ को,–(१) उपदफा (२) मा रहेको “पब्लिक” भन्ने शब्द झिकिएको छ ।(२)उपदफा (२) पछि देहायको उपदफा (२क) थपिएको छः–
“(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कम्पनीको प्रथम वार्षिक साधारण सभाको सम्बन्धमा संस्थापक शेयर धनीहरुले कम्पनीलाई उपलब्ध गराएको ठेगानामा सूचना पठाइएको रहेछ भने राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्न आवश्यक पर्ने छैन ।”