दफा २७
मूल ऐनको दफा ७५ मा संशोधनः मूल ऐनको दफा ७५ को सट्टा देहायको दफा ७५ राखिएकोछ
“७५. विभागीय सजाय दिने अधिकार ः
(१) दफा ७२ को खण्ड (क) बमोजिमको सजायको आदेश दिने अधिकार तोकिएको अधिकारीलाई हुनेछ ।
(२) दफा ७२ को खण्ड (ख) बमोजिम सजायको आदेश दिने अधिकार देहायको अधिकारी वा निकायलाई हुनेछः–
(क) एघारांै तह र सोभन्दा माथिको तहको पदमा कार्यरत कर्मचारीलाई – नेपाल सरकार, मन्त्रिपरिषद्
(ख) छैठांै, सातौं, आठौं, नवौं र दशौं तहको पदमा कार्यरत कर्मचारीलाई – मन्त्रालयको सचिव
(ग) चौथो र पाचौं तहको पदमा कार्यरत कर्मचारीलाई – सम्बन्धित विभागीय/कार्यालय प्रमुख”