दफा ३७
मूल ऐनको दफा ७८ मा संशोधनः

मूल ऐनको दफा ७८ को खण्ड (ड) पछि देहायको खण्ड (ड१) र (ड२) थपिएका छन्ः

“(ड१) लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा औल्याएको कुनै बेरुजु भए त्यसको विवरण,

(ड२)लेखा परीक्षकले कम्पनीका सम्बन्धमाव्यक्त गरेको समग्र रायको विवरण र कुनै कैफियत सहितको राय वा लेखापरीक्षण परित्याग गरेको प्रतिवेदन भए त्यसकोविवरण ।”