दफा २४
मूल ऐनमा दफा ६५क. ६५ख., ६५ग., र ६५घ. थप

मूल ऐनको दफा ६५ पछि देहायका दफा ६५क., ६५ख., ६५ग. र ६५घ. थपिएका छन् ः–
“६५क. यातना दिन नहुने ः

(१) कर्मचारीले कसैलाई पनि यातना दिनु हुदैन ।
(२) कर्मचारीले यौनजन्य दुव्र्यवहार र घरेलु हिंसा सम्बन्धी कार्य गर्नु वा गराउनु हुदैन ।

६५ख. सेवाग्राही प्रतिको व्यवहारः

(१) कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति मर्यादित र शिष्ट व्यवहार गर्नु पर्नेछ ।
(२) कर्मचारीले सेवाग्राहीको कामसंग सम्बन्धित विषय, प्रक्रिया र कार्यसम्पादन गर्न लाग्ने समय समेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथासमयमा गराउनु पर्नेछ ।

६५ग. आफ्नो सेवा र पद अुनकूलको आचरण पालना गर्नु पर्नेः

प्रत्येक कर्मचारीले आफ्नो सेवा र पद अनुकूलको आचरण समेत पालन गर्नु पर्नेछ ।

 

६५घ. अन्य आचरणः

(१) कर्मचारीले आफ्नो कार्यालय तथा पद अनुसार आइपर्ने जिम्मेवारीलाई मर्यादापूर्वक बहन गरी निष्पक्ष, स्वच्छ तथा छिटो छरितो रुपमा कार्यसम्पादन गर्नु पर्नेछ ।
(२) कर्मचारीले कुनै पनि सरकारी सम्पतिको प्रयोग वा उपयोग घरायसी कार्यको लागि गर्न हुदैन ।
(३) कर्मचारीले सरकारी राजस्वबाट तलब, भत्ता पाउने गरी नियुक्ति भएको कुनै पनि सरकारी कर्मचारीलाई कार्यालयको काममा बाहेक आफ्नो घरायसी कार्यको लागि लगाउन हुदैन ।
(४) कर्मचारीले स्वास्थ्य संस्था बन्द गर्न वा गराउन हुँदैन ।
(५) कर्मचारीले कार्यालय समयमा र कार्यालय परिसरमा धुम्रपान तथा मद्यपान गर्न हुँदैन ।”