मूल ऐनको दफा ९२ पछि देहायको दफा ९२क. थपिएकोछ ः–
“९२क. टे«ड युनियन सम्बन्धी व्यवस्थाः (१) कर्मचारीहरुले यस अध्यादेशको अधीनमा रही टे«ड युनियन गठन गर्न सक्ने छन् ।
(२) उपदफा (१) बमोजिम टे«ड युनियन गठन गर्दा देहायको विषयमा देहाय बमोजिमको व्यवस्था पालना गर्नु पर्नेछः–
(क) कार्यालय प्रमुख भई काम गर्नु पर्ने अधिकृतस्तरका कर्मचारी र चिकित्सक बाहेक आठौं तह वा सो भन्दा मुनिका कर्मचारीहरुले आफ्नो पेशागत हक हितकोज्ञट
लागि राष्ट्रियस्तरको कर्मचारीको टे«ड युनियन गठन गरी सदस्यता लिन सक्ने छन् ।
(ख) कर्मचारीको टे«ड युनियनको दर्ता श्रम तथा रोजगार प्रवद्र्धन विभागमा हुनेछ ।
(३) आधिकारिक टे«ड युनियनको गठन देहाय बमोजिम हुनेछ ः–
(क) उपदफा (१) बमोजिम गठन भएको कर्मचारीको टे«ड युनियनका सदस्यहरुले छनौट गरेका पदाधिकारीहरु
रहने गरी कर्मचारीहरुले एक आधिकारिक टे«ड युनियन गठन गर्न सक्ने छन् ।
(ख) कर्मचारीको आधिकारिक टे«ड युनियनले जिल्लास्तर, विभागीयस्तर र राष्ट्रियस्तरमा आफ्नो पेशागत माग सम्बन्धित निकायमा प्रस्तुत गरी सामाजिक सम्वाद र
सामुहिक सौदाबाजी गर्न पाउनेछ । कर्मचारीको आधिकारिक टे«ड युनियन गठन नभएको अवस्थामा उपदफा (१) बमोजिम गठन भएका कर्मचारीको टे«ड
युनियन तथा संघहरु आपसमा सहमति गरी सामूहिक सौदाबाजी गर्न पाउने छन् ।
(ग) कर्मचारीको आधिकारिक टे«ड युनियन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
(४) टे«ड युनियनको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) कर्मचारीको हक, हित संरक्षण एवं सम्बद्र्धन गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गतिशील बनाउन
नेपाल सरकारलाई रचनात्मक सुझाव र सहयोग गर्नु टे«ड युनियनको कर्तव्य हुनेछ ।
(ख) टे«ड युनियनले भेला, तालीम, प्रशिक्षण, गोष्ठी लगायतका रचनात्मक एवं सृजनात्मक कार्यहरु सञ्चालन गर्न सक्नेछ ।