मूल नियमावलीको नियम ६ को सटृा देहायको नियम ६ राखिएको छः–
“६. समितिको गठनः (१) कोषको सञ्चालन र रेखदेख गर्नको लागि कोषमा एक सञ्चालक समिति रहनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहनेछन ः–
(क) अर्थ मन्त्री –अध्यक्ष
(ख) नेपाल सरकारद्वारा नियुक्त व्यक्ति –उपाध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग –सदस्य
(सम्बन्धित क्षेत्र हेर्ने),
(घ) गभर्नर, नेपाल राष्ट्र बैंक –सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय –सदस्य
(च) सचिव, श्रम तथा यातायात व्यवस्था मन्त्रालय –सदस्य
(छ) सचिव, युवा तथा खेलकुद मन्त्रालय –सदस्य
(ज) वरिष्ठ आर्थिक सल्लाहकार, अर्थ मन्त्रालय –सदस्य
(झ) अध्यक्ष, बीमा समिति –सदस्य
(ञ) अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ –सदस्य
(ट) अध्यक्ष, नेपाल बैंकर्स एशोसिएशन –सदस्य
(ठ) अध्यक्ष, नेपाल बीमक संघ –सदस्य
(ड) अर्थ मन्त्रालयले तोकेको सो मन्त्रालयको सह–सचिव –सदस्य
(ढ) कार्यकारी निर्देशक सदस्य –सचिव