दफा १५ख
मूल वा स्रोत बीउ उत्पादनको अनुमति लिनु पर्नेः
१५ख.१ कुनै व्यक्ति-वा संस्थाले मूल वा स्रोत बीउ उत्पादन गर्न चाहेमा अनुमतिको लागि तोकिए बमोजिमको दस्तुर सहित समिति वा प्रदेश समिति समक्ष निवेदन दिनु पर्नेछ।
१५ख.२ उपदफा १५ख.१ बमोजिम निवेदन परेमा समितिले आवश्यक जाँचबुझ गरी अनुमति दिन सक्नेछ।
१५ख.३ मूल वा स्रोत बीउ उत्पादन गर्न अनुमति दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
१५ख.४ यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि घरायसी प्रयोजनका लागि मूल वा स्रोत बीउ उत्पादन गर्न अनुमति लिनु पर्ने छैन।