२९. मूल्याड्ढन तथा अनुगमन एकाई
(१) ऐनको दफा ३८ को उपदफा (३) को प्रयोजनको लागि प्रत्येक मन्त्रालयमा देहाय बमोजिमको एक मूल्याड्ढन तथा अनुगमन एकाई रहनेछः–
(क) सचिव, सम्बन्धित मन्त्रालय, निकाय वा आयोग–संयोजक
(ख) मन्त्रालय, निकाय वा आयोगका महाशाखा प्रमुखहरु मध्येबाट सचिवले तोकेको बढीमा दुईजना – सदस्य
(ग) केन्द्रीयस्तरका विभागीय प्रमुखहरु मध्येबाट सचिवले तोकेका बढीमा दुईजना – सदस्य
(घ) सम्बन्धित क्षेत्र हेर्ने, शाखा प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(ङ) सम्बन्धित क्षेत्र हेर्ने कार्यक्रम निर्देशक, राष्ट्रिय योजना आयोगको सचिवालय – सदस्य
(२) उपनियम (१) बमोजिमको एकाईले जनतामा प्रवाह भएको सेवा र सुविधा तथा सरकारी कामको सिलसिलामा प्राप्त उपलब्धि, प्रमुख घटना तथा तथ्याड्ढ सम्बन्धी विवरण संकलन गरी केन्द्रीय अनुगमन तथा मूल्याड्ढन समिति समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको एकाईले केन्द्रीय अनुगमन तथा मूल्याड्ढन समितिले माग गरेका सूचना, जानकारी, तथ्याड्ढ आदि उपलब्ध गराउनु पर्नेछ ।