नियम ३५
मेडिकल बोर्ड
ः
(१) व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र प्रदान गर्नको लागि नियम ३४ मा उल्लेख भएको शारिरीक तथा स्वास्थ्य सम्बन्धी योग्यता जाँच गर्न तथा स्वास्थ्य योग्यता सम्बन्धी प्रमाणपत्र प्रदान गर्नको लागि प्राधिकरणले तोकेको व्यक्तिको अध्यक्षतामा
योग्य चिकित्सकहरु रहेको एक मेडिकल बोर्ड गठन गरिनेछ । बोर्डमा आवश्यक संख्यामा विभिन्न विशेषज्ञहरु तथा सल्लाहकारहरु समावेश गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको मेडिकल बोर्ड अन्तर्गत रहने गरी महानिर्देशकले आवश्यकतानुसार एरोमेडिकल एक्जामिनर समूह गठन गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको मेडिकल बोर्डको सदस्य र उपनियम (२) बमोजिमको एरोमेडिकल एक्जामीनर हुनको लागि प्राधिकरणबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तमिा पोष्टग्रेजुएट उपाधि हासिल गरको हुनुपर्नेछ ।
(४) मेडिकल बोर्ड र एरोमेडिकल एक्जामिनर समूहको कार्यविधि मेडिकल बोर्डले बनाई लागू गर्न सक्नेछ ।
(५) मेडिकल बोर्डको सिफारिसमा महानिर्देशकले स्वास्थ्य परीक्षण शुल्क समय समयमा निर्धारण गर्न सक्नेछ ।
(६) मेडिकल बोर्ड तथा एरोमेडिकल एक्जामिनर समूह सम्बन्धी अन्य व्यवस्था एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।