नियम २४
मेलमिलाप गराउने समयावधि थप्न सक्ने
(१) मेलमिलाप सम्बन्धी कारवाही गर्दै जाँदा मुद्दा हेर्ने निकायले तोकेको समयावधिभित्र मेलमिलाप सम्बन्धी काम सम्पन्न हुन नसकेमा र पक्षहरु बीच मेलमिलाप हुने पर्याप्त सम्भावना रहेको देखिएमा मेलमिलापकर्ताले पक्षहरुको सहमति लिई मुद्दा हेर्ने निकाय समक्ष मेलमिलाप गराउन समयावधि थप गर्न निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा मेलमिलापकर्ताको माग मनासिव देखेमा मुद्दा हेर्ने निकायले नियम १५ बमोजिमको समयावधि ननाघ्ने गरी मनासिव समय थप गरी दिन सक्नेछ ।