दफा २३
मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सम्बन्धी व्यवस्था
(१) पक्षहरुबीच यस ऐन बमोजिम मेलमिलाप गराउने उद्देश्य राखी प्रचलित कानून बमोजिम दर्ता भएका संगठित संस्थाले आफ्नो उद्देश्य कार्यान्वयन गर्न वा गराउन स्वीकृतिको लागि देहायका कुराहरु खुलाई तोकिएको ढाँचामा परिषद्समक्ष निवेदन दिनु पर्नेछ ः–
(क) संस्थाको नाम तथा दर्ता नम्बर,
(ख) संस्थाको पदाधिकारीहरुको नाम,
(ग) विवाद समाधान गर्न संस्थाले बनाएको मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावलीको प्रतिलिपि,
(घ) संस्थाले मेलमिलाप सञ्चालन गर्न चाहेको ठाउँ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन सहितको कागजात जाँचबुझ गर्दा निवेदन दिने संस्थाले बनाएको मेलमिलापको कार्यविधि वा नियमावली र अन्य विवरण उपयुक्त देखिएमा परिषद्ले तोकिए बमोजिम दस्तुर लिई स्वीकृति दिनेछ ।