नियम
मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सूचीकृत हुन सक्ने
कुनै मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था यस परिच्छेद बमोजिम मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन चाहेमा त्यस्तो संस्थाले स्वीकृतिको लागि निवेदन दिने तथा स्वीकृति प्रदान गर्ने सम्बन्धमा यस परिच्छेदमा भएको व्यवस्था आवश्यकता अनुसार हेरफेर सहित त्यस्तो संस्थाको हकमा समेत लागू हुनेछ ।