दफा २५
मेलमिलाप सम्बन्धी कार्यविधि वा नियमावली स्वीकृत गराउनु पर्ने
(१) कुनै विवादको निरुपण गर्न मेलमिलाप सम्बन्धी कार्य गर्ने प्रचलित कानून बमोजिम स्थापना भएका स·ठित संस्थाले त्यस्तो कार्य सम्पादन गर्दा अपनाउने प्रक्रिया तय गरी कार्यविधि वा नियमावली बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाएको कार्यविधि वा नियमावली परिषद्बाट स्वीकृति प्राप्त गरेपछि लागू गर्नु पर्नेछ ।