नियम ३४
मेलमिलाप हुन नसकेमा सोको प्रमाणपत्र दिने
नियम ३१ बमोजिमको कार्यविधि अपनाउँदा पक्षहरु बीच मेलमिलाप गराउन नसकिएमा मेलमिलापकर्ताले पक्षहरुलाई सोको प्रमाण स्वरुप मेलमिलापद्वारा विवाद समाधान नभएको व्यहोराको प्रमाणपत्र दिनेछ ।