नियम ३०
मेलमिलापकर्ताको नियुक्ति
(१) नियम २९ बमोजिम विवादका दुवै पक्ष मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न सहमत भएमा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले पक्षहरुलाई सो संस्था वा स्थानीय निकायले तयार गरेको मेलमिलापकर्ताको सूचीबाट
बढीमा तीनजना मेलमिलापकर्ता नियुक्ति गर्न लगाउनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मेलमिलापकर्ता नियुक्ति गर्ने सम्बन्धमा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले छुट्टै नियमावली वा कार्यविधिको व्यवस्था गरेको भए पक्षहरुले त्यस्तो नियमावली वा कार्यविधि बमोजिम मेलमिलापकर्ता नियुक्ति गर्न सक्नेछन् ।
(३) पक्षहरुले मेलमिलापकर्ता नियुक्ति गर्न मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायलाई अनुरोध गरेमा सो संस्था वा निकायले विवादको प्रकृति र मेलमिलाप गर्नु पर्ने विषय, मेलमिलापकर्ता हुने व्यक्तिको योग्यता, दक्षता र निष्पक्षता बहन गर्न सक्ने क्षमता समेत विचार गरी उपयुक्त व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गर्नु पर्नेछ ।
(४) कुनै मेलमिलापकर्ताले इमान्दारीपूर्वक काम नगरेमा वा कुनै मेलमिलापकर्तामा ऐनको दफा १३ मा उल्लिखित अवस्था विद्यमान भएको देखिएमा सम्बन्धित पक्ष, मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले जुनसुकै बखत त्यस्तो मेलमिलापकर्तालाई हटाउन सक्नेछ ।
(५) उपनियम (१) वा (२) बमोजिम नियुक्त भएको मेलमिलापकर्ताले मेलमिलापकर्ताको रुपमा काम गर्न इन्कार गरेमा, काम गर्न असमर्थ भएमा, राजीनामा दिएमा, निजको मृत्यु भएमा वा उपनियम (४) बमोजिम मेलमिलापकर्ता हटाइएको वा अन्य कुनै कारणले मेलमिलापकर्ताको
स्थान रिक्त भएमा जुन प्रक्रियाबाट मेलमिलापकर्ताको नियुक्त गरिएको हो सोही प्रक्रियाबाट अन्य व्यक्तिलाई मेलमिलापकर्ता नियुक्त गरिनेछ ।
(६) मेलमिलापकर्ता नियुक्ति गर्ने सम्बन्धी अन्य व्यवस्था नियम १८ को उपनियम (६) र ( ७) बमोजिम हुनेछ ।