नियम ३९
मेलमिलापकर्ताको नियुक्ति
(१) पक्षहरुले नियम ३७ बमोजिम समुदायद्वारा तयार गरिएको सूचीमा उल्लिखित व्यक्तिहरुमध्येबाट बढीमा तीनजनालाई मेलमिलापकर्ता नियुक्त गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पक्षहरुबाट मेलमिलापकर्ता नियुक्त गर्न नसकेमा वा पक्षहरुले नै मेलमिलापकर्ता नियुक्त गर्न समुदायलाई अनुरोध गरेमा विवादको विषय हेरी समुदायले मेलमिलापकर्ताको सूचीमा रहेका व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई मेलमिलापकर्ता नियुक्ति
गर्नेछ ।
(३) उपनियम (२) बमोजिम मेलमिलापकर्ता नियुक्त गर्दा पक्षहरुको सहमति लिई बढीमा तीनजना व्यक्तिलाई मेलमिलापकर्ताको रुपमा नियुक्ति गरिनेछ ।
(४) विवादको कुनै वा दुवै पक्ष महिला रहेमा र पक्षबाट अनुरोध भएमा कुनै विवादको लागि एकभन्दा बढी मेलमिलापकर्ता नियुक्ति गर्दा उपलब्ध भएसम्म कम्तीमा एकजना महिलालाई मेलमिलापकर्ता नियुक्त गरिनेछ ।
(५) मेलमिलापकर्ताको नियुक्ति गर्ने तथा हटाउने सम्बन्धी अन्य व्यवस्था नियम ३० को उपनियम (३), (४), (५) र (६) मा उल्लेख भए बमोजिम आवश्यक हेरफेर सहित समुदायको हकमा समेत लागू हुनेछ ।