दफा २४
मेलमिलापकर्ताको सूची कायम राख्नु पर्ने
(१) दफा २३ को उपदफा (२) बमोजिम स्वीकृति पाएको संस्थाले कुनै विवादको निरुपण गर्न सहज पुर्याउन मेलमिलापकर्ता हुन सक्ने व्यक्तिहरुको सूची तयार गरी सार्वजनिक गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको सूचीमा अन्य कुराको अतिरिक्त सूचीमा समावेश भएका व्यक्तिको योग्यता, अनुभव, सम्पर्क गर्न सकिने ठेगाना उल्लेख गर्नु पर्नेछ ।
(३) विवादका पक्षहरुले सम्बन्धित संस्थाले बनाएको कार्यविधि वा नियमावलीको अधीनमा रही उपदफा (१) बमोजिम कायम भएको सूचीबाट मेलमिलापकर्ता छनौट गर्न सक्नेछन्।