दफा १४
मेलमिलापको कार्यविधि प्रारम्भ हुने
(१) अदालतमा दायर नभएको विवादको सम्बन्धमा कुनै एक पक्षले अर्को पक्षलाई सूचना दिएमा, दफा ३ को उपदफा (३) बमोजिमको विवादको सम्बन्धमा त्यस्तो विवादका पक्षहरुले सम्बन्धित मुद्दा हेर्ने निकाय समक्ष निवेदन दिएमा वा दफा ३ को उपदफा (४) को विवादको सम्बन्धमा मुद्दा हेर्ने निकायले मेलमिलापद्वारा विवादको समाधान गर्न आदेश दिएमा मेलमिलापको कार्यविधि प्रारम्भ भएको मानिनेछ ।
तर समुदायमा आधारित मेलमिलापको कार्यविधि समुदाय समक्ष विवाद समाधान गर्न सम्बन्धित पक्षले अनुरोध गरेपछि प्रारम्भ हुनेछ ।
(२) मेलमिलापको कार्यविधि प्रारम्भ भएपछि विवादका कुनै पक्षले त्यस्तो विवाद मेलमिलापकर्ता समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मेलमिलापको कार्यविधि प्रारम्भ भएपछि त्यसको अन्त्य नभएसम्म यस ऐनमा अन्यथा लेखिएकोमा बाहेक त्यस्तो विवादका सम्बन्धमा कुनै मुद्दा हेर्ने निकायले हस्तक्षेप गर्न सक्ने छैन ।