नियम १५
मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्ने समयावधि तोक्न सक्ने
नियम १२, १३ वा १४ बमोजिम कुनै मुद्दा मेलमिलापको प्रक्रियामा पठाउने गरी आदेश दि“दा त्यसरी आदेश गर्ने अधिकारी वा मुद्दा हेर्ने निकायले विवादित विषयवस्तुको जटिलता, मुद्दाका पक्षहरुको संख्या,
विवादित विषयको प्रकृति र मेलमिलापमा लाग्ने मनासिव समय समेतलाई विचार गरी मेलमिलापको लागि एकैपटक वा पटक पटक गरी तीन महिनासम्मको समयावधि तोक्न सक्नेछ ।