नियम १६
मेलमिलापद्वारा मुद्दा समाधान गर्न पक्षलाई परामर्श दिनु पर्ने
(१) मुद्दा हेर्ने निकायले मुद्दाका दुवै पक्ष हाजिर भएपछि निजहरुलाई मेलमिलापद्वारा मुद्दा समाधान गर्न प्रोत्साहन गर्न आवश्यक परामर्श दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम परामर्श दिने प्रयोजनको लागि मुद्दा हेर्ने निकायले आवश्यकता अनुसार परामर्शदाता (काउन्सिलर) वा कर्मचारी खटाउन सक्नेछ ।