नियम ११
मेहनताना

(१) नियम ३ को उपनियम (३) बमोजिमको खोपाउने ठाउँमा बाहेक अन्यत्र सरकारी खोप्ने व्यक्तिलाई खोप्नको निमित्त कुनै व्यक्तिले कार्यालय समय बाहेकको समयमा बोलाएमा जान हुन्छ र त्यसरी गएकोमा निजले उपनियम (२) बमोजिमको मेहनताना स्वीकार गर्न हुन्छ ।
(२) उपनियम (१) को प्रयोजनको लागि खोप्ने व्यक्तिले प्रत्येक कलको रु. १।– एक रुपैयाँ र त्यसरी बोलाउने व्यक्तिको परिवारमा प्रत्येक खोपको थप दश पैसाको दरले मेहनताना लिन पाउनेछ ।