दफा
मोल वा फी ज्याला इत्यादि रकम नेपाली मुद्रामा दिन सकिने

यो ऐन लागू भएको क्षेत्रमा कसैले कसैसँग मालसामानको खरिद विक्रीमा मोल वापत कुनै रकम दिनु पर्दा वा कसैले कसैलार्ई काम कुराको निमित्त फी ज्याला, मजुरी, भाडा वा यस्तै अरू कुनै रकम दिन पर्दा नेपाली मुद्रामा दिन ल्याएमा वा त्यस्तो कुनै रकम विदेशी मुद्रामा निर्धारित भएको भए तापनि त्यसको भुक्तानी दिनुपर्दा सो भुक्तानी गर्ने दिनमा नेपाल राष्ट्र बैङ्कमा चलेको सटही दरमा नेपाली मुद्रामा दिन ल्याएमा बुझी लिनु पर्नेछ ।

तर नेपाल सरकारसँगको लेनदेन र व्यवहारमा यो दफा लागू हुने छैन ।