नियम ४५
मौखिक उत्तर दिन नभ्याइएका प्रश्न टेबुल गरिने
(१) कुनै दिनको लागि प्रश्न सूचीमा मौखिक उत्तर दिनको निमित्त राखिएको कुनै प्रश्नको उत्तर दिन समयको अभावले गर्दा नभ्याइएमा सम्बन्धित मन्त्रीले सो प्रश्नको उत्तरको एक प्रति टेबुल गर्नेछ । तर उत्तर दिन नभ्याइएको कुनै प्रश्नको उत्तर दिनु सार्वजनिक हितको लागि आवश्यक छ भनी मन्त्रीले अध्यक्ष समक्ष अनुरोध गरेमा प्रश्नको लागि निर्धारित समय समाप्त भए पछि पनि अध्यक्षले उत्तर दिने अनुमति दिन सक्नेछ । (२) उपनियम (१) बमोजिम टेबुल गरिएको उत्तरको प्रति सबै सदस्यलाई उपलब्ध गराइनेछ ।