नियम
म्याद थमाउन सक्ने
(१) नियम ८ बमोजिम प्रतिवादीलाई प्रतिउत्तरपत्र पेश गर्न जारी गरेको म्याद प्रतिवादीको काबुबाहिरको परिस्थिति परी गुज्रन गई प्रतिवादीले प्रतिउत्तरपत्र पेश गर्न नसकेमा सोको कारण खोली गुज्रेको म्याद थमाई पाउनको लागि न्यायाधिकरण समक्ष गुज्रेको मितिले पन्ध्र दिनभित्र निवेदन दिएमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा न्यायाधिकरणले प्रतिवादीलाई प्रतिउत्तरपत्र पेश गर्न पन्ध्र दिनसम्मको म्याद थप गर्न सक्नेछ ।
(२) ऐन तथा यस नियमावली बमोजिम कारवाही चलिरहेको कुनै मुद्दामा तारेखमा बसेको कुनै निवेदक वा प्रतिवादीले त्यस्तो तारेख गुजारेमा गुज्रेको तारेख थमाउन पाउने छैन ।
तर निवेदक वा प्रतिवादीको काबुबाहिरको परिस्थितिले गर्दा तारेख गुज्रन गई गुज्रेको मितिले पन्ध्र दिनभित्र न्यायाधिकरण समक्ष निवेदन दिएमा र त्यस्तो निवेदनको व्यहोरा मनासिब देखिएमा न्यायाधिकरणले निवेदक वा प्रतिवादीलाई पन्ध्र दिनसम्मको तारेख थामी दिन सक्नेछ ।