दफा २६२
म्याद दिने

(१) दफा २५४ बमोजिम दायर भएका मुद्दाको पुनरावेदन गर्न अदालतले सत्तरी दिनको म्याद दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम दिइएको म्याद गुज्री सम्बन्धित पक्षले मनासिब कारण देखाई अदालत समक्ष निवेदन गरेमा परिच्छेद–२१ बमोजिम थमाउनपाउने म्यादमा अदालतले तीस दिनसम्म म्याद थप गर्न सक्नेछ ।