दफा
म्याद वा न्यायिक लिखत तामेल गर्न अनुरोध गर्न सक्ने
(१) अदालतमा दायर भएको कुनै मुद्दामा विदेशी राज्यमा रहे बसेको कुनै व्यक्तिको नाममा कुनै म्याद वा न्यायिक लिखत तामेल गर्नु पर्ने भएमा अदालतले सो प्रयोजनको लागि आदेश गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएमा अदालतले त्यस्तो म्याद वा न्यायिक लिखत विदेशी राज्यमा रहे बसेको व्यक्तिको नाममा तामेल गर्न केन्द्रीय अधिकारी समक्ष लेखी पठाउनु पर्नेछ ।