नियम ८२
म्यानुअल, रिक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्स बनाउन सक्ने

(१) वायुसेवा सञ्चालन सम्बन्धमा अन्तरर्राष्ट्रिय संस्थाहरुबाट निर्धारित नियम, एनेक्स, म्यानुअल तथा स्टायण्डर्डहरुको कार्यान्वयनको लागि प्राधिकरणले गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, ऐन र यस नियमावलीको विपरित नहुने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरुलाई समेत ध्यानमा राखी अनुसूची–३ र अन्य विभिन्न विर्षयमा म्यानुअल, रिक्वायरमेन्ट्स तथा डाईरेक्किटभ्स बनाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बनेका न्यानुअल, रिक्वायरमेन्ट्स तथा डाईरेक्टिभ्समा रहेको व्यवस्था वायुसेवा सञ्चालनसँग सम्बद्ध सबै पक्षहरुलाई लागू हुनेछ ।