दफा ९५
यस ऐन बमोजिम कसूर गरेको मानिने
(१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन विपरीत हुनेगरी निक्षेप लिएमा वा कर्जा दिएमा वा डिवेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैंकले निर्धारण गरेको नीति विपरीत ब्याज लिनु वा दिनु गरेमा वा …………….., विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा वा प्रचलित कानून बमोजिम बैङ्कबाट इजाजतपत्र लिनु पर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा वा परिच्छेद – ९क. बमोजिमको फरफारखको प्रक्रियामा बाधा पु¥याएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ । (२) उपदफा (१) मा लेखिए देखि बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन पालना नगरेमा समेत निजले यस ऐन बमोजिम कसूर गरेको मानिनेछ ।