दफा १५७
यातायात निरीक्षकको नियुक्ति
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सवारीहरू चलाएको वा नचलाएको र यातायात सेवामा संलग्न सार्वजनिक सवारीहरूले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालन गर्नुपर्ने शर्तहरू पूरा गरे नगरेको निरीक्षण गर्न नेपाल सरकारले यातायात निरीक्षक नियुक्त गर्न सक्नेछ ।