दफा ९४
यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरण
(१) दफा ९३ को उपदफा (४) बमोजिमको म्याद नाघेको तीन महीनाभित्र यातायात सेवा सञ्चालन गर्न दिइएको अनुमतिपत्र नवीकरण गरी सक्नु पर्छ ।
(२) सवारी धनी, व्यवस्थापक वा निजहरूले खटाएको व्यक्तिले उपदफा (१) बमोजिम अनुमतिपत्र नवीकरण गराउनको लागि तोकिए बमोजिमको ढाँचामा दस्तुर सहित विभाग समक्ष दरखास्त दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिम नवीकरणको लागि दरखास्त परेमा विभागले त्यस्तो अनुमतिपत्र अर्काे पाँचवर्षको लागि नवीकरण गर्नु पर्छ ।
(४) उपदफा (१) बमोजिमको म्याद नाघी त्यस्तो अनुमतिपत्र नवीकरण गराउन आउने सवारी धनी वा व्यवस्थापकबाट सो म्याद नाघेको एक महीनासम्म नवीकरण दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर लिई नवीकरण गरिनेछ ।