दफा
युवा तथा महिला वर्गको लागि सूचना तथा सञ्चार प्रविधि
१२.४.१ लैङ्गिक असमानता कम गर्नुका साथै लैङ्गिक हिसा रोकथाम गर्ने र लैङ्गिक हिंसा सम्बन्धी उजुरी प्रक्रिया सहज बनाउन तथा त्यस प्रकारका घटनाहरु सम्बोधनमा समन्वय प्रवर्द्धन गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई वढाइने छ ।

१२.४.२ ग्रामीण क्षेत्रहरुमा विभिन्न सरकारी एंव गैर सरकारी संस्थाहरु मार्फत युवा तथा महिलाहरुलाई सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम संचालन गरिनेछ ।

१२.४.३ सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत युवा तथा महिलाहरुलाई राष्ट्रिय नीति निर्माण, योजना तर्जुमा लगायतका प्रक्रियाहरूमा सहभागी गराइने छ ।

१२.४.४ शुरुवाती (startup) लगायत इन्क्युवेटर परियोजना हरुको प्रवर्दन मार्फत युवा तथा महिलाहरुमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उच्चमशीलता विकास गर्न विभिन्न नीतिगत व्यवस्था गरिनेछ ।