दफा ११
यो ऐन लागू नहुने
: यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १० को व्यवस्था बाहेक देहायका व्यापारिक वा व्यावसायिक क्रियाकलापहरुमा यो ऐन लागू हुने छैन ः-
(क) औद्योगिक व्यवसाय ऐन, २०४९ बमोजिमका लघु तथा घरेलु उद्योग सम्बन्धी व्यवसाय,
(ख) तोकिए बमोजिमका साना किसानबाट उत्पादित कृषि उत्पादन तथा कृषिजन्य सहकारी व्यवसाय,
(ग) कच्चा पदार्थको खरिद कार्य,
(घ) निर्यात व्यवसाय,
(ङ) सामूहिक सौदाबाजीको श्रमिक अधिकारको लागि गरिने कार्य,
(च) अनुसन्धान तथा विकास सम्बन्धी कार्य,
(छ) व्यवस्थापन सम्बन्धी सहकार्य,
(ज) व्यापारिक क्षमता अभिवृद्धिको लागि गरिने सङ्गठनात्मक र प्रक्रियागत सुधारका लागि गरिने सहकार्य ।