नियम २४
योग्यताक्रम प्रकाशित गर्ने
(१) आयोगले लिखित र प्रयोगात्मक परीक्षा लिएको भए सो परीक्षामा सफल भएका उम्मेदवारले अन्तरवार्तामा प्राप्त गरेको अङ्क जोडी सबै परीक्षाबाट सफल भएका उम्मेदवारको नाम नियुक्तिको लागि सिफारिस सहित योग्यताक्रम प्रकाशित गर्नु पर्नेछ । त्यसरी सिफारिस गर्दा उपलब्ध भएसम्म रिक्त पद संख्याको दश प्रतिशतले हुने संख्या उम्मेदवारको नाम वैकल्पिक सूचीमा राख्नु पर्नेछ ।
(२) एक भन्दा बढी तहमा सफल हुने उम्मेदवारलाई माथिल्लो तहको लागि मात्र सिफारिस गरिनेछ ।
(३) आयोगले आफूले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारहरू मध्येबाट करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनको लागि सिफारिस गरिएको पद संख्याको आधारमा प्राथमिक तहमा शत प्रतिशत र निम्न माध्यमिक तथा माध्यमिक तहमा विज्ञापन भएको पदको दोब्बर सङ्ख्यामा छुट्टै योग्यताक्रम अनुसारको सूची प्रकाशन गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको सूची प्रकाशन गर्दा खुला प्रतियोगिता तर्फका बैकल्पिक उम्मेदवारलाई पहिलो प्राथमिकतामा राखिनेछ ।
(५) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोही तहमा पुन विज्ञापन भई उम्मेदवार सिफारिस भएमा उपनियम (३) बमोजिमको योग्यताक्रम अनुसारको सूची स्वतः रद्द हुनेछ ।
(६) उपनियम (३) बमोजिमको छुट्टै योग्यताक्रम अनुसारको सूचीको आधारमा कुनै विद्यालयमा करारमा शिक्षक नियुक्ति भएको व्यक्ति सोही योग्यताक्रम अनुसारको सूचीको आधारमा अर्को विद्यालयमा पुनःकरारमा नियुक्ति हुन सक्ने छैन ।