दफा ४
योग्यता
४. योग्यता
देहायको योग्यता भएको व्यक्ति आयोगको अध्यक्षमा नियुक्त हुन सक्नेछ ः–
(क) नेपाली नागरिक,
(ख) सुदुर पश्चिम क्षेत्रका स्थायी बासिन्दा,
(ग) कुनै मान्यता प्राप्त विधामा स्नातकोत्तर उपाधि हासिल गरी योजना तथा अनुसन्धानका क्षेत्रमा कम्तीमा १० वर्ष काम गरी विशिष्टता हासिल गरेको,
(घ) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा कसूरदार ठहर नभएको,
(ङ) नियतबस बैङ्कको ऋण नतिरी प्रचलित कानुनबमोजिम कालो सूचीमा नपरेको ।