नियम २८
योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको काम, कर्तव्य र अधिकार
योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: न
(क) आयोगको वार्षिक योजना तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य गर्ने,
(ख) राष्ट्रिय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा प्रणालीका लागि आवश्यक पर्ने जनशक्तिको आवधिक आँकलन, प्रक्षेपण तथा आपूर्तिको योजना सम्बन्धी कार्य गर्ने,
(ग) स्वीकृत योजना अनुसार चिकित्सा शिक्षा सम्बन्धी जनशक्ति आपूर्ति र उपयोगका लागि स्वास्थ्य संस्था तथा शिक्षण संस्थासँग समन्वय गर्ने,
(घ) चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन सम्बन्धी कार्य गर्ने,
(ङ) चिकित्सा शिक्षाका लागि प्रयोग हुने सूचना प्रविधिको विकास तथा प्रयोग सम्बन्धी कार्य गर्ने,
(च) चिकित्सा शिक्षाको गुरुयोजना तर्जुमा गरी समितिमा पेश गर्ने,
(छ) अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्य गर्ने वा गराउने,
(ज) आयोग तथा समितिको निर्णय कार्यान्वयन गर्ने ।