दफा २६
रकम जम्मा गराउन सक्ने
:– (१) बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीराको धनी वा पैठारीकर्ताले त्यस्तो बिरुवा, बिरुवाजन्य उपज, लाभदायक कीरा वा बायोलोजिकल कण्ट्रोल एजेण्ट छोडी जान सक्ने कुरामा विश्वास गर्नु पर्ने मनासिब कारण भए कार्यालयले त्यस्तो धनी वा पैठारीकर्तालाई तोकिए बमोजिमको रकम कार्यालयमा जम्मा गर्न आदेश दिन सक्नेछ ।
(२) कार्यालयले उपदफा (१) बमोजिम आदेश दिएकोमा त्यस्तो धनी वा पैठारीकर्ताले सो रकम कार्यालयमा जम्मा गर्नु पर्नेछ र कार्यालयले सोको रसिद सम्बन्धित धनी वा पैठारीकर्तालाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्राप्त भएको रकम कार्यालयले आफ्नो धरौटी खातामा जम्मा गर्नु पर्नेछ ।
(४) उपदफा (१) बमोजिम कार्यालयमा रहेका बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीरा सङ्क्रमित भएको नपाइएमा वा त्यसको धनी वा पैठारीकर्ताले उठाइ लगेमा वा सङ्क्रमण भएकोमा यस ऐन बमोजिम उपचार वा नष्ट गरेपछि कार्यालयले उपदफा (३) बमोजिम धरौटी खातामा जम्मा गरेको रकम त्यस्तो मालको धनीलाई फिर्ता दिनु पर्नेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट वा लाभदायक कीराको उपचार वा नष्ट कार्यालय आफंैले गरेमा त्यस्तो उपचार वा नष्ट गर्दा लागेको खर्च कटाई बाँकी रहेको रकम मात्र फिर्ता गर्नु पर्नेछ ।