नियम १०
रकम भुक्तानीको लागि निवेदन दिनु पर्ने
(१) कुनै कर्मचारी जुनसुकै कारणबाट निवृत्तभरण नपाउने गरी सेवाबाट अवकाश भएमा निजले ऐनको दफा १० बमोजिम कोषमा जम्मा भएको रकम लिनको लागि अनुसूची-४ बमोजिमको ढाँचामा कोषमा निवेदन दिनु पर्नेछ।

(२) कुनै कर्मचारीको नाममा कोषमा जम्मा भएको रकम लिन नपाउँदै मृत्यु भएमा वा निज बेपत्ता भएको प्रमाणित भएमा त्यस्तो रकम भुक्तानीको लागि निजले इच्छाइएको व्यक्ति वा प्रचलित कानून बमोजिमको हकवालाले उपनियम (१) बमोजिम कोषमा निबेदन दिन सक्नेछ।

तर पारिवारिक निवृत्तभरणको हकमा निजको पति वा पत्नी वा नाबालिग सन्तानले निवेदन दिनु पर्नेछ।

(३) उपनियम (१) वा (२) बमोजिम निवेदन दिँदा देहायका विवरण तथा कागजात संलग्न गर्नु पर्नेछः-

(क) नियम ६ बमोजिम कोषले दिएको परिचयपत्र, (ख) अवकाश भएको पत्रको (कर्मचारीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्रको) प्रतिलिपि,

(ग) इच्छाइएको व्यक्ति भए निजको नागरिकताको प्रमाणपत्र बा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि,

(घ। नाबालकले पाउने पारिवारिक निवृत्तभरणको हकमा नाबालिग- भएको खुल्ने प्रमाणको प्रतिलिपि, र

(ङ) हकवाला भए प्रचलित कानून बमोजिम हकवाला भएको प्रमाणित हुने कागजात ।

(४) उपनियम (१) बा (२) बमोजिम प्राप्त निवेदन र नियम ९ को उपनियम (३) बमोजिमको अभिलेख प्राप्त भएमा कोषले सम्बन्धित कर्मचारी वा निजको हकवालालाई अनुसूची- ५ बमोजिमको ढाँचामा निवृत्तभरण अधिकारपत्र उपलब्ध गराउनु पर्नेछ ।