दफा ३४
रक्त सञ्चार सेवा
: (१) मन्त्रालयले इजाजतपत्र दिएको संस्थाले मात्र नेपालमा रक्त सञ्चार सेवा प्रदान गर्नु पाउनेछन्।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त संस्थाले इजाजतपत्रको अधीनमा रही रक्त सञ्चार सेवा प्रदान गर्नको लागि विभिन्न स्थानमा एकाइहरू खडा गरी रक्त सञ्चार सेवा तथा सोसँग सम्बन्धित अन्य सेवा प्रदान गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम रक्त सञ्चार सेवा प्रदान गर्ने संस्थाले सेवाग्राहीलाई रगत उपलब्ध गराउँदा त्यस्तो रगतमा कुनै प्रकारको रोगको सङ्क्रमण नभएको सुनिश्चित भएको सुरक्षित रगत मात्र उपलब्ध गराउनु पर्नेछ।
(४) यस दफा बमोजिम इजाजतपत्र दिने तथा नवीकरण गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।