नियम २६
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
(१) यस नियमावलीमा अन्यत्र उल्लिखित
काम, कर्तव्य र अधिकारका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछः–
(क) न्यायाधिकरणमा दर्ता हुने अभियोगपत्र, उजूरी, निवेदन लगायतका
लिखतहरु हेरी जा“ची रीत पुगेको भए दर्ता गर्ने वा दर्ता गर्न नमिल्ने भए
कारण जनाई दरपीठ गर्ने,
(ख) मुद्दामा पेश भएका नक्कल कागजलाई सक्कलस“ग भिडाई ठीक
देखिएमा प्रमाणित गर्ने र सक्कलमा केही कैफियत देखिएमा सो
कैफियत जनाई सम्बन्धित पक्षको सहीछाप गराई राख्ने,
(ग) पक्षले कानून व्यवसायी नियुक्तिको लागि पेश गरेको वकालतनामा दर्ता गर्ने,
(घ) पक्षलाई म्याद वा सूचना जारी गर्ने र तामेल गराउने,
(ङ) मनासिव माफिकको कारण जनाई पक्षलाई तारेख तोकिदिने,
(च) न्यायाधिकरणमा दर्ता हुन आएका निवेदनपत्रमा प्रचलित कानून
बमोजिम लाग्ने रकम दाखिला गर्न लगाउने,
(छ) मुद्दाको दर्ता दायरी कायम गरी त्यसमा हरेक मुद्दाको कारबाहीको लागि
दिइएको तारेख समेत खुल्ने गरी कारबाहीको अद्यावधिक विवरण राख्ने,
(ज) मुद्दासँग सम्बन्धित कागजातहरु सुरक्षितस“ग राख्न लगाउने,
(झ) वार्षिक प्रतिवेदन तयार गर्ने वा गर्न लगाउने,
(ञ) न्यायाधिकरणको आदेश बमोजिम गर्नु पर्ने काम कारबाही सम्बन्धमा लेखापढी गर्ने,
(ट) प्रचलित कानून बमोजिम मिसिल कागजात सुरक्षित रुपमा राख्ने,
रेखदेख गर्ने वा गराउने,
(ठ) धुल्याउनु पर्ने कागजात प्रचलित कानून बमोजिम धुल्याउने वा धुल्याउन लगाउने,
(ड) प्रचलित कानून बमोजिम वारेसनामा लिने तथा मुद्दा सकार गराउने,
(ढ) न्यायाधिकरणबाट भएको आदेश बमोजिमको काम कारबाही कार्यान्वयन गर्ने वा गराउने,
(ण) न्यायाधिकरणबाट भएको आदेश बमोजिम धरौटी वा जमानत लिने,
(त) कामको बोझको आधारमा कर्मचारीहरुको कामको बा“डफा“ड गर्ने
(थ) सदस्यको अनुपस्थितिमा कानून बमोजिम तहकिकात गर्ने सिलसिलामा
अभियुक्तलाई प्रहरी हिरासतमा राख्न म्याद थप दिने,
(द) सदस्यको अनुपस्थितिमा वयान वकपत्र गराउने, पुर्पक्षका लागि
अभियुक्तलाई थुनामा राख्ने वा जमानत वा तारेखमा छाड्ने आदेश दिने,
(न) अन्य आवश्यक प्रशासनिक काम कारबाही गर्ने ।
(२) उपनियम (१) को खण्ड (थ) र (द) बमोजिम रजिष्ट्रारले गरेको आदेश
न्यायाधिकरणमा सदस्य उपस्थित भए पछि पुर्नविचारको लागि पेश गर्नु पर्नेछ र
सदस्यको आदेश बमोजिम गर्नु, गराउनु पर्नेछ ।
(३) यस नियमावली बमोजिम रजिष्ट्रारमा निहित अधिकार अध्यक्षको पूर्व
स्वीकृति लिई रजिष्ट्रारले आवश्यकता अनुसार आफूभन्दा मुनिको कर्मचारीलाई
प्रत्यायोजन गर्न सक्नेछ ।
तर उपनियम (१) को खण्ड (ण), (थ) र (द) बमोजिमको अधिकार
प्रत्यायोजन गर्न सकिने छैन ।