दफा ३३
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र उल्लिखित काम कर्तव्य र अधिकारका अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विश्वविद्यालयको शिक्षक तथा कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने,
(ख) विश्वविद्यालयको कोष सञ्चालन, लेखा र लेखापरीक्षण गर्ने, गराउने,
(ग) आन्तरिक प्रशासन सम्बन्धी नीति तथा योजनाको तर्जुमा गर्ने र सोको कार्यान्वयन गर्ने, गराउने,
(घ) विश्वविद्यालयको आर्थिक प्रशासन सम्बन्धी नीति तथा योजना तयार गर्ने र सोको कार्यान्वयन गर्ने, गराउने,
(ङ) विश्वविद्यालयको सम्पत्तिको व्यवस्थापन, संरक्षण र सञ्चालन सम्बन्धी आवश्यक कार्य गर्ने,
(च) विश्वविधालयको आर्थिक आय-व्ययको अनुमान तयार गर्ने, गराउने,
(छ) स्कूल, कलेज, अनुसन्धान केन्द्र, उत्पादन केन्द्र लगायतका विश्वविद्यालय अन्तर्गतका सबै निकायको निरीक्षण गर्ने र प्रशासन तथा व्यवस्थापन कार्यमा कुनै त्रुटि देखिएमा सुधार गर्ने तथा कर्मचारीलाई विभागीय कारबाही गर्ने,
(ज) विश्वविद्यालयद्वारा सञ्चालन गरिने परीक्षाको रेखदेख, नियन्त्रण र व्यवस्थापन गर्ने,
(झ) कार्यकारी परिषद्‌ तथा कुलपतिको निर्देशन बमोजिमको कार्य गर्ने।
(२) उपदफा (१) बमोजिम रजिष्ट्रारले कार्यसम्पादन गर्दा कुलपतिको सामान्य
निर्देशन र नियन्त्रणमा रही सम्पादन गर्नु पर्नेछ।