नियम २८
रजिष्ट्रारको काम, कर्तव्य र्‌ अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य तथा अधिकारका अतिरिक्त रजिष्ट्रारको अन्य काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछः-

(क): परिषद्को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेस गर्ने,

(ख) परिषद्को कोषको रेखदेख र नियन्त्रण गर्ने तथा सम्पतिको संरक्षण र व्यवस्थापन गर्ने, गराउने,

(ग) परिषद्को वार्षिक आय व्यय तथा पूरक आय व्ययको विवरण तयार गर्ने,

(घ) परिषद्बाट स्वीकृत बजेटको अधीनमा रही परिषद्को योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,

(छ) एउिएारलमा फणा फणाउछ पार लगा छार

(च) परिषद्को लेखापरीक्षण गराउने,

(छ) परिषद्‌ र पशु स्वास्थ्य तथा: पशु सेवा व्यवसायी बीच सम्पर्क अधिकारीको रूपमा काम गर्ने,

(ज) प्रदेश परिषद्सँग समन्वय गर्ने, गराउने,

(झ) परिषद्को निर्देशन बमोजिम अन्य कार्य गर्ने, गराउने ।