दफा ३१
रजिष्ट्रार
(१) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ।
(२)- रजिष्टारको नियुक्ति दफा २९ को उपदफा (१) बमोजिमको सिफारिस समितिको सिफारिसमा अध्यक्षबाट हुनेछ।
(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।
(४) रजिष्ट्रारको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।