नियम १८
राजश्व र व्ययको अनुमान (बजेट) र करसम्बन्धी प्रस्ताव
(१) अर्थ मन्त्रालयले प्रत्येक वर्ष वार्षिक बजेट तयार
पार्नु पर्नेछ । त्यस्तो बजेट विनियोजन विधेयक स्वीकृत भएपछि मात्र स्वीकृति भएको मानिनेछ ।
(२) बजेटसँग अन्तरनिहित विषयवस्तु अत्यन्त गोप्य राखिने छ र व्यवस्थापिका–संसदमा पेश
नभएसम्म बजेटसम्बन्धी कुनै कुरा प्रकाशन गरिने वा त्यसको सन्दर्भ उल्लेख गरिने वा अन्यत्र पठाइने छैन ।
तर कुनै मन्त्रालयले पेश गरेको कुनै योजनाको खर्च बजेटमा समावेश नहुने भएमा बजेट पेश हुनु
अगावै अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई सोको जानकारी दिनु पर्नेछ ।
(३) अर्थ मन्त्रीले प्रत्येक आर्थिक वर्ष संविधानको धारा ११९ बमोजिम राजश्व र व्ययको अनुमान
तथा करसम्बन्धी प्रस्ताव व्यवस्थापिका–संसदसमक्ष पेश गर्नु पर्नेछ ।