नियम १२८
राजीनामा सम्बन्धी व्यवस्था

(१) कर्मचारीले स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिन चाहेमा सचिवालयमा लिखित रूपमा राजिनामा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम सचिवालयमा पेश हुन आएको राजीनामामा सम्बन्धित कर्मचारीलाई सनाखत गराइनेछ । तर स्वदेश बाहिर रहेको कर्मचारीले राजीनामा सनाखत गर्दा निज रहेको राष्ट्रमा अवस्थित नेपाली राजदूतावास समक्ष र नेपाली राजदूतावास नभएको मुलुकमा भए सम्बन्धित मुलुकको नोटरी पव्लिक समक्ष सनाखत गरी पठाउन सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको राजीनामा देहाय बमोजिमका निकाय वा पदाधिकारीले स्वीकृत गर्न सक्नेछन् ः-
(क) राजपत्रांकित प्रथम श्रेणी र सो भन्दा माथिको पदका कर्मचारीको हकमा समितिले,
(ख) राजपत्रांकित द्वितीय र तृतीय श्रेणीको पदका कर्मचारीको हकमा महासचिवले ,
(ग) राजपत्र अनंकित र श्रेणी विहिन पदका कर्मचारीको हकमा सचिवालय सचिवले ।