दफा २५
राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्नु पर्ने
(१) वस्तु विनिमय बजारले राफसाफ तथा फस्र्यौट सम्बन्धी कार्यको लागि राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्नु पर्नेछ ।
(२) राफसाफ तथा फस्र्यौट व्यवसायी नियुक्त गर्दा वस्तु विनिमय बजारले राफसाफ तथा फस्र्यौट व्यवसायीसँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ र सम्झौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्झौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
(३) राफसाफ तथा फस्र्यौट व्यवसायीको नियुक्ति तथा तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।