नियम ३३
राय परामर्श सम्बन्धी कार्य फछ्र्यौट गर्ने समयावधि

३३. राय परामर्श सम्बन्धी कार्य फछ्र्यौट गर्ने समयावधि

(१) आफ्नो कार्यालयका अतिरिक्त अन्य कार्यालयस“ग पनि सम्बन्धित भएको विषयमा निर्णय गर्नुपर्दा कानून तथा नीति नियममा स्पष्ट
उल्लेख नभएको विषय पर्न आएमा वा नीतिगत विषय भएमा सम्बन्धित कार्यालयले सात दिनभित्र राय माग गर्नु पर्नेछ र त्यसरी माग भएको राय प्राप्त भएको मितिले सात दिनभित्रमा कार्य फछ्र्यौट गर्नु पर्नेछ ।
(१क) उपनियम (१) बमोजिम राय परामर्श माग गर्नु पर्ने भएमा के कति कारणले द्विविधा उत्पन्न भएको हो वा कुन कानूनी व्यवस्था अस्पष्ट भएको हो सो स्पष्ट खुलाई माग गर्नु पर्नेछ।

(१ख) उपनियम (१) र (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि कानूनमा स्पष्ट उल्लेख भएको विषयमा राय परामर्श माग्न पाइने छैन। (२) उपनियम (१) बमोजिम राय परामर्श सोधिएकोमा जवाफ दिने कार्यालयले पनि त्यसरी लेखी आएको मितिले बढीमा सातदिनभित्र राय परामर्श दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम राय परामर्श दिँदा स्पष्ट राय वा परामर्श दिनु पर्नेछ।