नियम ३६
राष्ट्रपतिबाट सम्बोधन
(१) संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्न सक्नेछ र त्यसको लागि सदस्यको उपस्थिति आव्हान गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम राष्ट्रपतिबाट सम्बोधन हुने सूचनाको जानकारी महासचिव वा निजको अनुपस्थितिमा सचिवले सदस्यलाई दिनेछ ।