दफा ४६
राष्ट्रसेवकलाई हुने सजाय
: सङ्गठित अपराधको अनुसन्धान वा पुर्पक्षको सिलसिलामा अदालत वा आफूभन्दा माथिल्लो अधिकारीको आदेश पालना नगर्ने राष्ट्रसेवकले दफा ३ को उपदफा (४) बमोजिमको कसूर गरेको मानिनेछ र त्यस्तो राष्ट्रसेवकलाई दफा ९ को खण्ड (क) बमोजिम सजाय हुनेछ । तर प्रचलित कानूनमा सजायको व्यवस्था भएको रहेनछ भने त्यस्तो राष्ट्रसेवकलाई दफा ९ को खण्ड (ख) बमोजिम सजाय हुनेछ ।