दफा ५०
राष्ट्रिय जनस्वास्थ्य समिति
: (१) मानव स्वास्थ्यको विषयमा प्रभाव पार्ने स्वास्थ्यका बृहत सामाजिक निर्धारकहरूलाई सम्बोधन गर्न विषयगत क्षेत्रको नीति तथा कार्यक्रमहरूमा जनस्वास्थ्यका मुद्दाहरूलाई समावेश गर्ने सम्बन्धमा नीतिगत सुझाव दिनको लागि राष्ट्रिय जनस्वास्थ्य समितिको गठन गरिनेछ।
(२) समितिको गठन देहाय बमोजिम हुनेछ :-
(क) मन्त्री, स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -अध्यक्ष
(ख) राज्यमन्त्री/सहायक मन्त्री, स्वास्थ्य सम्बन्धी
विषय हेर्ने नेपाल सरकारको मन्त्रालय -सह अध्यक्ष
(ग) सदस्य, राष्ट्रिय योजना आयोग
(स्वास्थ्य सम्बन्धी विषय हेर्ने) -सदस्य
(घ) स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिहरूमध्येबाट
नेपाल सरकारले मनोनीत एक जना -सदस्य
(ङ) सचिव, उद्योग सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(च) सचिव, अर्थ सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(छ) सचिव, कृषि सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(ज) सचिव, खानेपानी तथा सरसफाइ सम्बन्धी
विषय हेर्ने नेपाल सरकारको मन्त्रालय -सदस्य
(झ) सचिव, गृह सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(ञ) सचिव, भौतिक पूर्वाधार तथा यातायात सम्बन्धी

(ट) सचिव, महिला, बालबालिका तथा जेष्ठ नागरिक
सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय -सदस्य
(ठ) सचिव, वन तथा वातावरण सम्बन्धी विषय हेर्ने
नेपाल सरकारको मन्त्रालय -सदस्य
(ड) सचिव, शिक्षा सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(ढ) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा

(ण) सचिव, स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल
सरकारको मन्त्रालय -सदस्य
(त) प्रमुख विशेषज्ञ, स्वास्थ्य सम्बन्धी विषय हेर्ने
नेपाल सरकारको मन्त्रालय -सदस्य
(थ) अध्यक्ष, स्वास्थ्यसँग सम्बन्धित परिषद्हरूमध्येबाट
एक जना मनोनीत -सदस्य
(द) स्वास्थ्य विज्ञहरूमध्येबाट अध्यक्षले मनोनीत गरेको
एक जना -सदस्य
(ध) निजी स्वास्थ्य संस्थाका सञ्चालकमध्ये अध्यक्षले
मनोनीत एक जना महिलासहित दुई जना -सदस्य
(न) उपभोक्ता हित संरक्षणसँग सम्बन्धित सङ्घ
संस्थाका पदाधिकारीहरूमध्ये अध्यक्षले मनोनीत
गरेको एक जना -सदस्य
(प) प्रमुख, नीति योजना तथा अनुगमन महाशाखा,
स्वास्थ्य तथा जनसङ्ख्या सम्बन्धी विषय हेर्ने
नेपाल सरकारको मन्त्रालय -सदस्य सचिव
(३) उपदफा (२) को खण्ड (घ), (थ), (द), (ध) र (न) बमोजिम मनोनीत सदस्यहरूको पदावधि तीन वर्षको हुनेछ
(४) समितिले आवश्यकता अनुसार अन्य विज्ञहरूलाई बैठकमा आमन्त्रित गर्न सक्नेछ।
(५) समितिको बैठक वर्षमा कम्तीमा दुई पटक बस्नेछ।
(६) समितिको दैनिक कार्य सम्पादनको लागि स्वास्थ्य तथा जनसङ्ख्या सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाले सचिवालयको कार्य गर्नेछ।
(७) समितिको कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।